महिला चालकहरुको कोरोना कथा

कोभिड १९ को त्रास सर्वत्र छ, कोरोना भाइरस संक्रमणलाई नियन्त्रणका लागि भन्दै सरकारले २०७६ साल चैत्र ११ गतेदेखि बन्दाबन्दी घोषणा गरेको थियो । १ सय २० दिन पछि २०७७ साल साउन ७ गतेदेखि बन्दाबन्दीको अन्त्यको घोषणा गरेको थियो । सरकारले २०७७ भदौ ४ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । बन्दाबन्दी र निषेधाज्ञाले सबैभन्दा बढी गरिखाने वर्ग श्रीमकहरु नै यसको मारमा परेका छन् ।
काठमाण्डौं र ललितपुरमा सञ्चालित ७ सय १४ बिद्युत्तिय सफा टेम्पोमा महिला चालकहरु मात्रै करिव ५ सयको सँख्यामा काम गरिरहेका छन् । नेपालको यातायात क्षेत्रमा महिला मजदुरहरुको उपस्थिति छ भन्ने उदाहरण बनेको सफा टेम्पोमा काम गर्ने महिला मजदुरहरु कोरोना भाइरसको महामारीका कारण विस्थापित हुने अवस्थामा पुगेकाछन् । यो महामारीका कारण यस पेशाबाट करिव २ सय महिला चालकहरु विस्थापित हुने अवस्था आएको सफा टेम्पो चालक योगमायाँ सुनुवारले बताएकीछन् । उनकै शब्दमा