हिजो भोट हर्यौ, अहिले सपना हर्न थाल्यौ
श्रमिकको पेट रित्तै, आफ्नो गोजी भर्न थाल्यौ ।
म गर्छु, भनेका कामहरु केही नगरेर
म गर्दिन, भनेका कामहरु गर्न थाल्यौ ।
गरिब, किसान, श्रमिकलाई घात गरेर
जाली, झेली, दलालको सरण पर्न थाल्यौ ।
पतन भयौ, जनताको नजरबाट गिर्यौ
धरातल ध्वस्त पारेर, बसाँई सर्न थाल्यौ ।
आशा मार्यौ, भरोसा मार्यौ विश्वास पनि मार्यौ
गति छाड्यौ, मति बिगार्यौ आफै मर्न थाल्यौ ।
प्रतिकृया दिनुहोस्