कठै, गणतन्त्र

कठै, गणतन्त्र, कागलाई बेल जस्तै
कुरामा पास नेता, काममा फेल जस्तै ।

सरकारी आदेश छ, घर भित्रै बस्ने
हिजोआज घरपनि, लाग्छ जेल जस्तै ।

हातपाउ स्थिरछन्, मृत्युको सन्त्रास छ
अदृश्य कोरोना, हत्कडी र नेल जस्तै ।

झुपडिमा पुग्ने कहिले, सिंहदरबार
जनता र मन्त्री भए, पानी र तेल जस्तै ।