पूर्व ब्रिटिश आर्मीद्धारा पाँच श्रमिकलाई सहयोग

२८ भाद्र, काठमाण्डौं । करिव ६ महिनादेखि जारी लकडाउन र निषेधाज्ञाले यातायात श्रमिकहरुको परिवारमा खाद्यान्न खेपीरहेका पाँच जना श्रमिकहरुलाई धरान १५ घर भई हाल बेलायतमा बसोबास गर्नु हुने भूतपूर्व ब्रिटीश आर्मी डील्ली तुम्रोकले ५ आर्थिक सहयोग प्रदान गरेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीका अध्यक्ष भीमज्वाला राई मार्फत तुम्रोकले पठाएको रकम टेम्पो चालकहरु ललित सुनुवारलाई ७ हजार ५ सय, महिला टेम्पो चालक शान्ति क्षेत्रीलाई ५ हजार, चालक राधेश्याम श्रेष्ठलाई २ हजार ५ सय र घरनिर्माण मजदुरहरु कमानसिं तामाङ र झम्कमायाँ सुनुवारलाई जनही २ हजार ५ सयका दरले सहयोग हस्तान्तरण गरिएको हो ।
समाजसेवी तुम्रोकले पठाएको २० हजार रुपैया नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले अति संकटमा परेका तिन जना यातायात श्रमिकहरु र दुईजना घर निर्माण गरेर गुजारा चलाउने श्रमिकहरुलाई सहयोग प्रदान गरेको हो ।
चालक ललित सुनुवारको घर भाडा तिर्न नसक्दा घर धनीले प्रहरी लगाएको र अन्य श्रमिकहरुको घरमा चुलो बल्न छाडेको समाचार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको पहलमा विभिन्न समाचार माध्यमहरुमा प्रकासन भएपछि पछि आफुले थोरै भएपनि सहयोग गर्न चाहेको कुरा समाजसेवी तुम्रोकले बताए । उनले भने श्रमिकहरुको काममा निरन्तर लागिरहेका संगठनका अध्यक्ष राईलाई सम्पर्क गरेर रकम पठाएको तुम्रोकले बताए ।
प्राप्त सहयोग रकम श्रमिकहरुलाई हस्तान्तरण गर्दै यो सहयोगले श्रमिकहरुको घाउमा मलहल्म जस्तै भएको संगठनको अध्यक्ष राईले बताए । राहत ग्रहण गर्दै यो सहयोगले केही मात्रामा भएपनि तनाव हल्का भएको चालक ललित सुनुवारले बताए उनले भने सहयोग पठाईदिने समाजसेवाी तुम्रोकलाई धन्यवाद दिए ।
त्यस्तै घरमा खाद्यान्न अभाव भईरहेको समयमा विदेशमा बसेर पनि हामीलाई सहयोग गर्नुहुने डील्ली तुम्रोकलाई शान्ति क्षेत्रीले धन्यवाद दिए । उनले भने आफु अस्वस्थ भएपछि टेम्पो समेत चलाउन नसकेर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको प्याड काट्ने काम गरिरहेको अवस्थामा लामो बन्दाबन्दीले घर चलाउन समस्या भईरहेको छोरीको कलेको शुल्क बुझाउन नसकिरहेको अवस्थामा यो सहयोगले राहत महसुस भएको बताईन् ।
घर निर्माण काम गरेर जीवन चलाईरहेका कमानसिं तामाङ विरामी भएर थलिएपछि घर चलाउन समस्यामा परेका थिए उनलाई घरमै पुगेर सहयोग गरिएको थियो ।